आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मनै लोभ्याउने, हेरेर कहिल्यै नअघाउने घान्द्रुक सेरोफेरोका अद्भूत सौन्दर्य

AuthorAP Khabar२०७६ भाद्र २४, मंगलबार (४ साल अघि) ५२० पाठक संख्या

भाद्र , २४ :  विश्वप्रसिद्ध सञ्चार सीएनएनले त्यसै एशियाका प्रसिद्ध १३ वटा सुन्दर स्थानको सूचीमा राखेको होइन,घान्द्रुकलाई । समुद्रको सतहबाट २ हजार मिटरमाथि अवस्थित,मनोरम हिमाली श्रृङ्खलाको काखमा अवस्थित घान्द्रक गाउँ साँच्चै नै रमणीय र घुम्नै पर्ने नेपालका थुप्रै ठाउँहरुमध्येका पनि एक प्रमुख ठाउँ हो ।अन्नपूर्ण पदयात्रामा पर्ने घान्द्रुक कास्की जिल्लाको एक पहाडी गुरुङ वस्ती हो । घान्द्रुक गुरुङ सस्कृतिलाई प्रत्यक्ष अनुभव गर्न चाहनेहरुको लागि उत्कृष्ट गन्तव्य हो । ढुंगाको गाउँ भनी पर्यटकहरुमाझ चर्चित यो पहाडि वस्तीबाट अन्नपूर्ण,माच्छापुच्छ्रे र हिमालचुली हिमालहरु एकदम सफा र कञ्चन देखिन्छन् । यही कारणले घान्द्रुक विदेशी पर्यटकको अतिरिक्त आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।

यसको यही सुन्दरताको कारण हालसालै विश्वस्तरको मिडिया सीएनएनले घान्द्रुकलाई एशियाका सबैभन्दा सुन्दर सहरको सुचिमा समावेश गरेको छ । सीएनएनले घान्द्रुकको आकर्षणमा त्यहाँका चिया घरहरु,डाँडाकाका थुम्कामा रहेको एक मन्दिर,घोडसवार र फरक सस्कृतिको अनुभवलाई उल्लेख गरेको छ ।घान्द्रुकमा एउटा सास्कृतिक संग्रहालय पनि रहेको छ जो आफैमा बाहिरबाट आउनहरुको लागि आकर्षण हुन्छ ।

घान्द्रकुसँगै नाम जोडिएर आउने अर्को पर्यटकीय स्थलको नाम हो लान्द्रुक । यो घान्द्रुक जाने मार्गमा पर्ने पर्यटकीयस्थल हो । घान्द्रुकसम्म जान नसक्नेहरुका लागि यो गाँउले घान्द्रुककै अनुभव दिलाउँछ । लान्द्रुकबाट अन्नपूर्ण हिमश्रृङ्खलाको राम्रो अवलोकन गर्न सकिन्छ । त्यस्तै यो ठाउँलाई सूर्योदय र सूर्यास्त अवलोकनको लागि पनि राम्रो ठाउँ मानिन्छ ।पोखरा सहरबाट नजिकै भएकाले लान्द्रुक सहरी भागदौडबाट केही समय भए पनि शान्ति चाहने र प्रकृतिको नजिक हुन चाहनेको लागि राम्रो गन्तव्य हो ।आउनुहोस्,हामी पनि घान्द्रुक लान्द्रुक क्षेत्रको अद्भूत मनाेरम दृश्यपान गरौं ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस