आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा

AuthorAP Khabar२०७६ भाद्र २४, मंगलबार (४ साल अघि) ४३१ पाठक संख्या

भाद्र , २४ : उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी काला जिल्लाको मुख्यालय मंगलबार बिहान नै कब्जा गरेको बताइएको छ ।

यसैबीच, तखारको प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद जावद हजारीले सिन्ह्वालाई याङगी काला जिल्लाको अवस्था जानकारी दिन सम्पर्क गर्नु हुँदै छोटो उत्तरमा पतन भएको जानकारी दिएका छन् । तर थप विवरण दिन भने उहाँले अस्वीकार गरेका छन् ।

दुई दिनअघि याङ्गी काला जिल्लामा आक्रमण गर्न लागेका तालिबान लडाकू समूहले १८ लडाकू गुमाएको बताएका थिए । सो कब्जाको क्रममा तालिबानका प्रमुख कमाण्डर मौलावी इमामुदीनसहित १८ जनाको ज्यान गएको छ । तखार र छिमेकमा पर्ने प्रान्त कुन्दुज र बाघलानमा समेत सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस