आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश ५ : कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

AuthorAP Khabar२०७६ भाद्र २४, मंगलबार (४ साल अघि) ३३५ पाठक संख्या

भाद्र , २४ : दाङको क्षेत्र नम्बर ३(ख) मा प्रदेशसभा, गुल्मीको रूरू गाउँपालिका वडा नम्बर ६, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३, प्यूठान नगरपालिका वडा नम्बर २, प्यूठानकै ऐरावती गाउँपालिका वडा नम्बर १ र २, रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ र कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १०, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १६, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुँदैछ ।

प्रदेशमा सबैभन्दा धेरैले चासो दिने उपनिर्वाचन दाङ हुने छ । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित उत्तमकुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

जिल्ला निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख पदम रेग्मीले मतदाता नामावली प्रकाशन गर्ने तयारी भएको बताए ।निर्वाचन आगोगले प्रदेश ५ सहित ५१ स्थानमा हुने उपनिर्वाचनको लागि २५ करोड बजेट पाएको छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस