आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सपना र वर्तमान

AuthorAP Khabar२०७६ भाद्र २४, मंगलबार (४ साल अघि) ३८३ पाठक संख्या

भाद्र , २४ : जब वर्तमान ठीकै थियो

खुशी नै थियौँ हामीहरु

भेट भएथ्यो धेरैअघि

वर्तमान बिग्रेका स्वप्नद्रष्टासँग

भन्यो

“सपना देख्न जान्नु पर्छ !”

“सपना पुरा गर्न बर्तमान बिगार्ने हिम्मत गर्नु पर्छ !”

र सिकायो हामीलाई

आआफ्नो वर्तमान बिगारेर ठूला सपना देख्न

हामीले सपनामा सपना मिसाइरह्यौँ

सपनाकै लागि आफूलाई क्षतविक्षत बनाइरह्यौँ

उसले नयाँ सपना देखाइरह्यो

र त्यही सपना देखिरह्यौँ निरन्तर

सपनाका लागि

कुदिरह्यौँ

प्रत्येक दिन आउने

अनगिन्ति जिउँदा झरझराउँदा

वर्तमानहरुलाई

खाल्डामा पुरिरह्यौं

जसको वर्तमान बिग्रेको थियो

र सपना देखाइरहेको थियो

हाम्रो सम्पूर्ण वर्तमानहरुको मूल्यमा

आफ्नो सपनाको निर्माण गरिरहेको रहेछ

हाम्रा सपनाहरुलाई पटकपटक

आफ्नो वर्तमानमा बदलेर कतै लकरहरुमा

सुरक्षित संचय गरिरहेको रहेछ

थाहा भो

भर्खरै थाहा भो

हाम्रो त सारा जीवन

वर्तमान बिगार्नमै गएको

थाहा भो

वर्तमान बनाउँदै पनि

सपना देख्न सकिने पनि

थाहा भो

वास्तवमा

देखेको सपनासम्म पुग्ने

माइलस्टोन न हो वर्तमान

वर्तमान पुर्नेले

सपनामा पनि पुग्न नसक्दो रहेछ

एक हामी छौँ

अहिले पनि बिगारेर वर्तमान

सपनामा रम्ने बानी परेको छ ।

अर्को ऊ छ

जो

रत्नपार्कको फुटपाथमा

नक्कली औषधि बेच्ने चटके झैँ

बाटोमा भेटिएका नयाँ मानिसहरुलाई

सपना देखाएर

बिग्रेको वर्तमानबाट

आफ्नो सपना संचय गर्ने

बानी परेको छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस