आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाईपलाईनबाट नेपाल ईन्धन आयात शुरु, दैनिक ३० हजार किलोलिटर तेल आयात गर्न सकिने

AuthorAP Khabar२०७६ भाद्र २४, मंगलबार (४ साल अघि) ४५५ पाठक संख्या

एपी खबर
जीतपुर, भाद्र २४ : राष्ट्रिय गौरवका आयोजना मध्येको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईनबाट नियमित रुपमा ईन्धन आउन शुरु भएपछि यहाँका स्थानियहरु हर्सित भएका छन् । दुई देशका प्रधानमन्त्रीले पेट्रोलियम पाईपलाईनको संयुक्त रुपमा औपचारिक उद्घाटन गरेसंगै ईन्घनको आपुर्ती नियमीत भएपछि यहाँका स्थानीयहरु उत्साहित भएका हुन् ।

नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले मङ्गलबार (आज) औपचारिक रूपमा उद्घाटन गरेसँगै ईन्धन आपूर्ती नियमित भएको छ । सड्कमा सवारी साधनको चापका कारण दिनहु हुने दुर्घटना, पेट्रोलियम ढुवानी खर्च र समयको बचत समेत हुने भए पछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाईटेक प्रबिधिमार्फत मङ्गलबार (आज) १२ बजेर १५ मिनेटमा आ–आफ्नै देशबाट स्विच थिचेर मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईनको औपचारीक रुपमा उद्घाटन गर्नुभएको थियो ।

यसैगरी अमलेखगञ्ज डिपोमा भारतीय प्रधानमन्त्री मोदीले थिचेको स्विचले आयात भएको ईन्धन ओलीले थिचेको स्विचले रिसिभ गरी भारतीय आयल निगमका कार्यकारी निर्देशक जे.पी.सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । यससंगै पाईपलाईन बाट ईन्धन आयातको काम औपचारीक रुपमा शुरु भएको हो ।

ईन्धन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय आयल निगमका कार्यकारी निर्देशक सिन्हाले यो परियोजना नेपाल र भारत मात्र नभै दक्षिण एसिया कै पहिलो र नमुना भएको बताउनुभएको थियो । उहाँले यस योजनाले दुबै देशको सम्बन्धलाई बलियो बनाउने थप आधार तैयार भएको बताउनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले समयमा योजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले विभिन्न् अवारधे रहेको यस योजनालाइपनि समयमा सम्पन्न गर्न नसकिने आशंकाहरु रहेको भएपनि निर्धारित समय भन्दा पहिले नै योजनालाई सम्पन्न गराउन तिनै तहका सरकारका साथै भारतीय आयल निगमले खेलेको भुमिकाको अहम रहेको बताउनुभयो ।

पौडेलको सभाअध्यक्षतामा सम्पन्न यस उद्घाटन कार्यक्रममा पाईपलाईनका कन्ट्रक्सन तर्फका कार्यकारी निर्देशक अभिजित चौधरी, भारतीय आयल निगमका एस.एस. बोस, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोईत, परियोजना प्रमुख प्रदिप यादब लगाएतको उपस्थिती रहेको थियो ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट उद्घाटन पश्चात पाइपलाइनबाट नियमित रुपमा दैनिक २० घण्टा सञ्चालन हुँदा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस