आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नायिका उर्मिला मातोन्डरकले कांग्रेसबाट दिइन् राजीनामा

AuthorAP Khabar२०७६ भाद्र २५, बुधबार (४ साल अघि) ४४७ पाठक संख्या

भाद्र , २५ :  बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले पाँच महिनापछि नै कांग्रेसबाट राजीनामा दिएकी छिन् ।उनले राजीनामाको घोषणा पछि मंगलबार भनिन्, ‘मेरो राजनीतिक र सामाजिक बुझाई ठूला लक्ष्य हासिल गर्नु हो तर मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीका कारण म यस्तो गर्न सकिरहेको छैन ।’उर्मिला सन् २०१९ को लोकसभा चुनावको ठिक अघि कांग्रेसमा समावेश भएकी थिइन् । उनले उत्तर मुम्बई सिटबाट चुनाव लडेकी थिइन् तर भाजपा प्रत्याशी गोपाल शेट्टीसँग हारेकी थिइन् ।उर्मिलाले राजीनामा पत्रमा लेखिन्, ‘पहिलो पटक राजीनामाको विचार त्यतिबेला आयो जब मे १६ मा मैले लेखेको पत्रमाथि तत्कालीन मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि यो गोप्य छलफललाई निकै सजिलै मिडियामा सार्वजनिक गरियो ।

यो ममाथि छल थियो ।’

वास्तवमा, लोकसभा चुनावको नतिजा अघि उर्मिलाले चिट्ठी लेखेर आफ्नो हारका लागि स्थानीय नेतामाथि औंला उठाएकी थिइन् । हारका लागि कमजोर रणनीति, कार्यकर्ताको नजरअन्दाज र पुँजीको कमीलाई जिम्मेवार बताएकी थिइन् ।केही दिन अघि केन्द्र सरकारमाथि पनि निशानाः

उर्मिलाले केही दिन अघि जम्मू–कश्मीरबाट धारा ३७० हटाएका कारण केन्द्र सरकारलाई पनि निशाना साँधेकी थिइन् । उनले जम्मू–कश्मीरमा इन्टरनेट र फोन सेवा बन्द भएका कारण आफ्ना घरका सदस्यबारे केही खबर नपाएको बताएकी थिइन् । उर्मिलाको विवाह मोहसिन अख्तर मीरसँग भएको हो । उनी कश्मीरका हुन् ।

प्रतिक्रिया दिनुहोस