आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वास्थ परीक्षणको लागि प्रधानमन्त्री ओली टिचिङमा

AuthorAP Khabar२०७६ भाद्र २५, बुधबार (४ साल अघि) २६० पाठक संख्या

भाद्र , २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए ।

प्रधानमन्त्री सामान्य फलोअपका लागि अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो ।उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् ।सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि चिकित्सकले ओलीलाई आराम गर्न सुझाएका थिए ।चिकित्सकको सल्लाह अनुसार नै ओलीले वालुवाटारबाटै भेटघाट गरिरहेका छन् ।

उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस