आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्याउको कार्टुनमा १५ लाखको लागुऔषध

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ५३९ पाठक संख्या

भैरहवा , पौष  ०१ : रुपन्देही प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नवलपरासी, रामग्राम नगरपालिका–१८ का दुर्गाप्रसाद चौधरीलाई सिद्धार्थनगर नगरपालिका–४, भैरहवास्थित गल्लामण्डीबाट नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले विशेष सूचनाका आधारमा पक्राउ परेका चौधरीले स्याउको दुई वटा कार्टुनभित्र पेपरले बेरेर लागूऔषध राखी माथिबाट स्याउ राखेर लैजाँदै गरेको पाइएको बताउनु भयो ।

प्रहरीले चौधरीका साथबाट ३ हजार एम्पुल लागूऔषध नियन्त्रण गरेको छ । २–२ एमएलको डाइपोजम एक हजार एम्पुल, नुफिन र फेनारगन पनि एक–एक हजार एम्पुल बरामद गरिएको छ । भारतीय बजारमा एक एम्पुललाई दुई सय ५० रुपैयाँ पर्ने लागूऔष काठमाडौंमा ५ हजार रुपैयाँसम्म पर्छ । चौधरीलाई जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरीबाट बरामद लागु औषध १५ लाख रुपैयाँ बराबरको छ ।

प्रहरीका अनुसार लामो समयदेखि लागूऔषध कारोबार गर्दै आएका चौधरीको चार जनाको समूह छ । अन्य तीन फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । फरार रहेकामध्ये २ जना नेपाली नागरिक हुन भने एकजना भारतीय हुन् । पछिल्लो समय सीमा नाका बेलहियामा प्रहरी र स्थानीयको सक्रियतामा लागूऔषधविरुद्ध कारबाही अभियान चलाएपछि प्रयोगकर्ता घट्दै गए पनि कारोबारीले अन्य नाका प्रयोग गरेर फलफूल लगायत अन्य सामग्रीको कार्टुनमा लागूऔषध कारोबार गर्दै आएको प्रहरीको भनाइ छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस