आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डेंगु गन बोकेर बस्ती पसे महेश बस्नेत

AuthorAP Khabar२०७६ भाद्र २५, बुधबार (४ साल अघि) ४०७ पाठक संख्या

भक्तपुर, भदौ २५  : डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला भक्तपुरमा भने पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् ।

सांसद निर्वाचित भएदेखिनै हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आएका नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै हिँडेका हुन् । उनी बुधवार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् ।

कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग गरिएको बस्नेतले बताए । उनका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैया पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन् ।

सांसद बस्नेत आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन विहानैदेखि फगर मेसिन बोकेर हिड्ने गरेका छन् । जसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ ।

बस्नेतले भने-तीन दिनदेखि हामीले मेसिन लिएर लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगिरहेका छौं । स्थानीय साथीहरुले आग्रह गरेकाले धेरैजसो ठाउँमा म आफैं गइरहेको छु । यो निकै प्रभावकारी भएको छ । सरकारलाई गाली गर्ने भन्दा आ-आफ्नो ठाउँबाट यति गर्न सकिन्छ ।
अनलाइनखबर;

प्रतिक्रिया दिनुहोस