आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आकाश र सारा भन्दैछन्- वन्ली फर यू !

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ४८६ पाठक संख्या

काठमाडौं , पौष  ०१ : गीतकार दुर्गा प्रधानको पहिलो गीति एल्वम ‘वन्ली फर यू’ नेपालको सांगीतिक बजारमा आएको छ । प्रधानको एकल शब्द रचना तथा विनोद पछाईको एकल संगीत रहेको सो एल्बममा पाँच वटा गीत संग्रहित छन् ।

गीतमा अन्जु पन्त, विनोद पछाई, दीपा लामा, मेलिना राई र शिव परियारको स्वर छ । जसमध्ये शिव परियारको आवाजमा रहेको ‘रात पनि दिन हुन्छ…’ बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ ।

निशान घिमिरेको निर्देशन रहेको यो म्युजिक भिडियोमा आकाश श्रेष्ठ र सारा सिर्पालीले अभिनय गरेका छन् । यो भिडियोले युट्युबमा १ लाख २८ हजार भन्दा बढी भ्यूज पाएको छ ।

दुर्गाले आफ्नो पहिलो प्रयासलाई दर्शक तथा स्रोताको माया पाउने अपेक्षा गरिन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस