आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेस्तोलसहित एक पक्राउ

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३५० पाठक संख्या

भाद्र , २८ : धनुषामा एकजनालाई सशस्त्र प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।सशस्त्र प्रहरीको एक टोलीले जनकपुरस्थित सोहनामा चेकजाँच गर्दा धनुषाको धनौजी गाउपालिका – २ बस्ने ३२ वर्षीय मनिष मिश्रको साथबाट १ थान कटुवा पेस्तोल, ७.६२ एमएमको २ राउण्ड गोली र एक थान साइकलसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरिक्षक गणपति राजेश उप्रेतीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–२५ स्थित सोहनामा सशस्त्र प्रहरीको गणबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा रहेको ४ जनाको टोलीेले चेकजाँच गर्ने क्रममा अभियुक्त मिश्र हतियारसहित पक्राउ परेको उप्रेतीले बताए ।

पक्राउ परेका मिश्रलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस