आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गढीमाई मन्दिर संचालन समितिको भोटमा मधेसबादी गठबन्धनको प्यानल नै बिजयी

AuthorAP Khabar२०७६ भाद्र २९, आईतबार (४ साल अघि) २८२ पाठक संख्या

भाद्र , २९ : बिश्वप्रशिद्ध बाराको गढीमाई मन्दिर सञ्चालन तथा ब्यवस्थापन समितीको अध्यक्षमा रामचन्द्र शाह तेली चौथो पटक निर्वाचित भएका छन् ।गत बिहिबार भएको मतदानबाट मधेसकेन्द्रित दलका संयुक्त उम्मेदवार साह तिन हजार दुई सय ४७ मत ल्याएर बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्दीलाई दुई सय ९३ मतले पछी पार्दै साह अध्यक्ष बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार मोतिलाल कुशवाहले दुई हजार नौ सय ५४ मत प्राप्त गरेका छन् ।९ सदस्यीय बोर्डका लागी मधेसबादी दलको प्यानलनै बिजयी भएको छ । जसअन्तर्गत उपाध्यक्षमा विश्वनाथ कुशवाहा ३२३७ मत ल्याई निर्वा्चित भएका छन् ।

त्यस्तै सचिवमा पारसप्रसाद गुप्ता, सहसचिव सोनालाल साह, कोषाध्यक्ष महेश जैसवाल, सदस्य त्रिपुरारी साह, हरेन्द्रप्रसाद कुशवाहा, शैलेन्द्रप्रसाद यादव र कृष्णप्रसाद यादव निर्वा्चित भएको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस