आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तनहुँमा भारतीय बस दुर्घटना

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ४०२ पाठक संख्या

भाद्र , ३० : तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

यु.पि.बी.पी. ४९९५ नं को बस मुक्तिनाथतर्फ जाँदै गर्दा बस अनियन्त्रित भई पृथ्वीराजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया दिनुहोस