आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भैरहवामा पाँच लाख लुट्नका लागि लुटेराले लखेटी गरे हत्या

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ३२० पाठक संख्या

भाद्र , ३० : भैरहवा लुटेराहरुले आईतबार दिउँसो २ बजेतिर रु पाँच लाख लुट्नका लागि एक जनाको हत्या गरेका छन् ।दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले ओमसतिया–५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेका छन् ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम लुटी फरार भएका थिए ।

पछ्याउँदै मोटरसाइकलमा आएका, मुखमा कपडा बेरेका दुईजनाले गुडिरहेको मोटरसाइकल नजिक ल्याई पछाडि बस्नेले सर्ट तानेर कुर्मीको मोटरसाइकल लडाएका थिए र उनीहरु लडेपछि आफ्नो मोटरसाइकल रोकी गोली हानेको मृतककी पत्नीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा मोहम्मद हबिबले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस