आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ३२६ पाठक संख्या

भाद्र , ३० : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ ।

निजको साथबाट ३०/३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस