आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ज्ञानेन्द्र शाहीलाई युवा संघद्वारा कास्कीमा प्रवेश निषेध !

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) २६१ पाठक संख्या

भाद्र , ३० : नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

यो पनि
मन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गर्ने ज्ञानेन्द्र शाही अन्ततः प्रहरी हिरासतमा
पत्रकार सम्मेलनस्थलमा ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीद्वारा उद्धार
‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रको नीति छैन : दीपशिखा

यसैवीच राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कुनैपनि राजनीतिक दलका गतिविधि र व्यक्तिको वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नीति राष्ट्रिय युवा संघको नरहेको प्रस्ट पारेका छन् ।‘हाम्रो कुनैपनि व्यक्तिको स्वतन्त्रता वा दलका गतिविधिलाई प्रतिबन्ध लगाउने नीति छैन,’ संयोजक सापकोटाले भने, ‘शाहीले पर्यटनमन्त्री लगायतलाई गरेको दुव्र्यवहारप्रतिको आक्रोशमा त्यस्तो निर्णय गरेका हुनसक्छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

सापकोटाले स्थानीय कमिटीहरु आफ्नो तहमा निर्णय गर्न स्वतन्त्र रहेको पनि बताए । ‘गणन्त्रको विरोध र राजतन्त्रको बहालीका लागि शाहीले खुला रुपमा गतिविधि गरिरहेका छन् । त्यो छुट उनलाई छैन भन्ने जिल्ला तहका साथिहरुको बुझाइले त्यस्तो विज्ञप्ति निकालिएको हुनसक्छ,’ सापकोटाले भने ।उनले मन्त्रीमाथि दुव्र्यबहार गर्ने अधिकार नभएको र त्यो कानुनीरुपमा दण्डनीय भएको पनि उनले बताए । ‘शाहीले मन्त्री लगायत नेतामाथि गालीगलौज गरिरहेका छन् । त्यो कानुनतः दण्डनीय छ,’ सापकोटाको भनाइ छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस