आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘बागी ३’मा टाइगरको साथमा सारा ?

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ४६१ पाठक संख्या

 पुस २  : बलिउडमा नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यो चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । यसैले पनि यो चलचित्रका लागि नायक श्राफले कडा मिहिनेत गरिरहेका छन् । चलचित्रमा टाइगरको एक्सनले दर्शकको मन जितेको थियो ।

पहिलो सिरिजमा चलचित्रमा श्रद्धा कपुर देखिएकी थिइन् भने दोश्रो सिरिजमा नायिका दिशा पटानीलाई दर्शकले हेर्न पाएका थिए । अब, यो चलचित्रको तेश्रो सिरिजमा नायिका साराअली खानले काम गर्न लागेको खबर भारतीय मिडियामा छाएको छ ।

सारा पहिलो चलचित्र ‘केदारनाथ’बाट पाएको प्रतिक्रियाले उत्साहित छिन् । यसैले पनि उनलाई लिएर चलचित्र बनाउन अहिले निर्माताहरु पनि लागिपरेका छन् । साराअलीलाई चलचित्रका लागि फाइनल गरिएको खबर भारतीय मिडियामा आएपनि यसको बारेमा यसको निर्माणपक्षले केहि पनि बताएको छैन ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस