आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा शंकास्पद शव जलाउँदै गर्दा एकजना पक्राउ

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) ३११ पाठक संख्या

भाद्र , ३१ : बारामा एक परिवारले शंकास्पद तरिकाले एक महिलाको शव जलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रातको करिव १२ बजेको समयमा लाश जलाउन लागेको खवर पाएपछि प्रहरीले अनुसन्धानका लागि स्थानीय बच्चु साहलाई नियन्त्रणमा लिईएको जनाएको छ ।

पचरौता नगरपालिका वडा नं. ७ निवासी रामरती देवीको शव घाटमा नजलाई खेतको बीचमा जलाउनु र मध्यरातको समयमा जलाउनुले शंका उब्जाएकाले उनका श्रीमान साहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता रंञ्जितसिंह राठोरले जानकारी दिए ।

महिलाको शबलाइ गाउँको सम्सानघाट भन्दा अन्यत्रै जलाईरहेको अवस्थामा शंका लागेर गाउँलेले प्रहरीलाई खवर गरेका थिए । शव जलाउनु अघि मृतक महिलाको श्रीमानले माईति पक्षका मृतकका दाई राम उगर साहलाई मृत्युको खबर दिई मलामी आउन आग्रह समेत गरेको राम उगरलाई उदृत गर्दै प्रहरीले जनाएको छ । तर उनले आफु मलामी आउन नसक्ने जानकारी गराएको प्रहरीलाई बताएको राठोरले जानकारी दिए ।मृत्यु स्वभाविक हो कि हत्या वा आत्महत्या छानविन भईरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस