डेङ्गु सार्ने लामखुट्टे खोज र नष्ट गर अभियानमा सांसद सुबेदी

6

भाद्र , ३१ : डेङगु संक्रमणका लागि बढि जोखिममा रहेको भरतपुर महानगरपालिका वडा नम्बर १ मा सोमबार सरसफाई गरिएको छ । वे ग्रुप नेपालले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सोमबार गरेको कार्यक्रममा प्रदेश सभाका सांसद विजय सुबेदी पनि सहभागि भएका थिए ।

महागरपालिका वडा नम्बर १ नारायणी पथमा पुगेका सांसद सुबेदीले नारायणी पथको ठाँउ–ठाँउमा फोहोर गर्ने स्थानीयको घरमै पुगेर फोहोरले रोग निम्ताउने भन्दै सचेत बन्न आग्रह गरे ।

बिशेष गरेर चितवनमा पछिल्लो समय बढ्दो डेङ्गुको संक्रमण प्रति लक्षित गर्दै फोहोर ब्यबस्थापनमा ध्यान दिन सांसद सुवेदीले जनतालाई सुझाब दिए ।
नारायणी अनलाइन ;

Loading...