आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लवको झापा कार्यालयमा प्रहरीको छापा, मेची–कोशी संयोजक पक्राउ

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) २३९ पाठक संख्या

भाद्र , ३१ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको हो ।त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् ।

पक्राउ परेका अर्का एकजना मकवानपुरका अनुल सारु मगर छन् । मगर विप्लवका कुन तहका नेता हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।त्यस्तै छापा मार्दा हतियारसमेत पक्राउ परेपनि प्रहरीले कति र कस्ता हतियार बरामद गरेको हो भन्ने खुलाएको छैन ।चन्दा रसिद, लेटर प्याड लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनालीले बताए ।

उनले केही बेरमा पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराइने पनि बताए ।विर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालयपछाडि गोप्य रूपमा सञ्चालनमा रहेको विप्लव नेकपाको जिल्ला पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस