आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसो अझै बढ्ने

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं  , पुस २  : पुस महिनाको शुरुवातसँगै मुलुकभर चिसो बढेको छ । मौसमविद्हरुले मुलुकभर चिसो अझै बढ्ने बताएका छन् ।

काठमाडौं उपत्यकाको तापक्रम सोमबार न्यूनतम २ दशमलव ५ र अधिकतम २० डिग्री सेल्सियस मापन भएको छ ।  मुलुकमा सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस पुगेका छ ।

काठमाडौं तापक्रम साताअघि न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा अडिएको थियो । पुसको दोस्रो दिन २ डिग्रीमा झरेको हो । तापक्रम घटेपछि काठमाडौंमा सोमबार बढी चिसो महशुस भएको छ ।

यसअघिसम्म दिनमा राम्रोसँग घाम लाग्ने काठमाडौमा सोमबार बिहानैदेखि बाद लागेको छ । पानी पर्न सक्ने स्थिति देखिएको छ ।
मौसिमविदहरुले  बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालको मौसम अकस्मात् परिवर्तन भएको बताएका छन् । मुलुकको केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस