आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असोज २ गते देशभरका सरकारी अस्पतालको OPD सेवा निःशुल्क

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) ३५९ पाठक संख्या

भाद्र , ३१ : आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् ।असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

सरकार मातहतका देशैभरिका अस्पताल र स्वास्थ्य स‍ंस्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका छन् । यसरी लिइने शुल्क भने अस्पताल अनुसार फरक–फरक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस