आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर अस्पताललाई ५०० डेँगु कीट सहयोग

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) ६६० पाठक संख्या

भाद्र , ३१ : उद्योग वाणिज्य संघ चितवनले आज भरतपुर अस्पताललाई ५०० डेँगु परीक्षण किट हस्तान्तरण गरेको छ ।अस्पतालपरिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्रकाश खतिवडालाई ५०० डेँगु कीट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पछिल्लो समय चितवनमा डेँगुको प्रकोप फैलिएकोले सतर्क हुन आग्रह गरे । डेँगु नियन्त्रणको लागि स्वास्थ्यकर्मीको मात्रै एक प्रयासले सम्भव नहुने बताउँदै बस्नेतले त्यसका लागि सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताए ।

डेँगु रोग नियन्त्रणको लागि निजी क्षेत्र र सामाजिक संघसस्थाको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै उनले बिरामी नहुँदै घर घरमा सरसफाई गर्ने हो भने अस्पताल जानै नपर्ने बताए ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस