आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनबाट विदेश जाने घटे, चार वर्षमा राहदानी लिनेको संख्यामा गिरावट

AuthorAP Khabar२०७६ आश्विन २, बिहिबार (४ साल अघि) २४८ पाठक संख्या

असोज , २ : विगत चार वर्ष यता चितवनबाट विदेश जानेको संख्यामा गिरावट आएको छ ।जिल्ला प्रशासन कार्यालयको विगत चार वर्षअघिदेखिको राहदानी लिनेको संख्यालाई हेर्दा यस्तो पाइएको हो । वैदेशिक प्रयोजनको लागि राहदानी लिइने भइएकोले आर्थिक वर्ष २०७२\७३ भन्दा गत आर्थिक वर्ष २०७५\७६ मा वार्षिक झण्डै चार हजारको संख्यामा राहदानी लिने कम रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७२ मा १७ हजार ८७६ जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिएकोमा गत आर्थिक वर्ष २०७५ मा यो संख्या १३ हजार ४६७ जनाले मात्र राहदानी लिएको देखियो । त्यस्तै आर्थिक वर्ष २०७३\७४ जम्मा १४ हजार सात जनाले मात्र राहदानी लिए भने आर्थिक वर्ष २०७४\७५ मा यो संख्या अझै घटेर १३ हजार ३७० मा झरेको थियो ।

आर्थिक २०७५\७६ मा राहदानी लिनेको प्रतिशतमा ०.७३ प्रतिशतले बढे पनि विगत चार वर्षको ट्रेण्डलाई हेर्दा पछिल्ला वर्षमा घट्दै गएको देखिन्छ । तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक सात मिनेटमा एक राहदानी सिफारिस हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस