आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

“प्रथम रामबन टाँडी गोल्डकप २०७६” को पहिलो खेलमा निजगढ बिजयी

AuthorAP Khabar२०७६ आश्विन २, बिहिबार (४ साल अघि) ४०७ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज २ :“प्रथम रामबन टाँडी गोल्डकप २०७६” को पहिलो खेल निजगढ नगरपालिका ११ ले जीतेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को रामबन टाँडी रङ्गशालामा बिहिवारबाट शुरु भएको पहिलो खेलमा आयोजक आर.टि. युथ क्लबलाई पराजीत गर्दै निजगढ नगरपालिका ११ले जीत निकालेको हो ।

संविधान दिवसको अवसरमा आयोजीत यस प्रतियोगीताको पहिलो खेलमा आयोजकलाई निजगढ ११ ले १–० ले पराजीत गरेको हो । निजगढका लागि खेलको ८ औ मिनेटमा समन कुवरले गरेको गोल नै निर्णायाक बनेको थियो ।

खेलको पहिलो हाफमा निजगढले लिएको अग्रता कायम राख्दै खेलमा उत्कृष्ण प्रदर्शन गरेको थियो भने आफ्नो जीत निकाल्न आयोजक क्लबले निकै प्रतिसप्रधा गर्नुपरेको थियो ।

आयोजक क्लबका अध्यक्ष दिपक कुमार तामाङ्गको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी विकले ग्रामीण भेगमा आयोजीत यस प्रतियोगीताले कुशल खेलाडी उत्पादन गर्न मद्धत पुग्ने बताउनुभएको थियो । उहाँले योजनाबद्ध रुपमा खेललाई प्रवद्धन गर्ने योजना भए प्रदेश सरकारको लगानी त्यस कार्यक्रममा हुने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्ग, प्रदेश सभा सदस्य शोला लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नगर उपप्रमुख सरस्वतीदेवि चौधरी, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख कृष्ण गैरे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्गनाथ घिमिरे, जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी, नेकपा प्रदेश कमिटि सदस्य राजन पौडेल, समाजसेवि एवम पुर्व गा.वि.स. अध्यक्ष देवनारायण चौधरी, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लगाएतको सहभागीता रहेको थियोा ।

प्रतियोगीतामा गोल गर्न सफल भएका निजगढका कुवर खेलको म्यान आफ दि म्याच बन्न सफल भएका थिए । शुक्रवार भोली हुने दोस्रो खेलमा एन.जे.जे.वाईसि सिमरा र एपिएफ सशस्त्र प्रहरी पिलुवा बिच खेल हने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस