आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

केरुङमा थन्किए दसैंका सामान

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ३४५ पाठक संख्या

असोज , ५ : केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका छन् ।चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।

‘अहिले कन्टेनरमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन्,’ व्यापारी धर्म पौडेलले भने,‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन् ।’

कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस