आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डुमरवानामा प्राबिधिक शिक्षा पढ्न बसेका कोल्हवीका एक विद्यार्थी कोठामै मृत भेटिए

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ४५६ पाठक संख्या

सिमरा , पुस २  : बाराको जितपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा आइतबार साझ एक युवक मृत फेला परेका छन् ।
जितपुरसिमरा १५ काटाटोल स्थित राधाकृष्ण चौधरीको घरमा डेरा गरि बस्ने कोल्हवी नगरपालिका ३ का २३ बर्षिय बिशाल चौधरी आफ्नै कोठामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबाश हमालले जानकारी दिए ।
मृतक चौधरी जितपुरसिमरा १४ रजघट्टा स्थित श्री जनता माध्यमिक विद्यालयमा कृषि प्राबिधिक अध्यनरत थिए ।
शनिबार राति खाना खाएर सुतेका चौधरी आइतबार साझ सम्म कोठाबाट बाहिर ननिस्केपछी घरधनिले प्रहरीलाई खबर गरेका थिए ।
कोठामा निसस्सिएर चौधरीको मृत्यु भएको आशन्का प्रहरीले गरेको छ । मृत्युको कारण खुल्न नसकेपनी घटनामा कुनै शंकास्पद कारण नदेखिएको प्रहरी निरीक्षक हमालले बताए । मृतकको शव पोष्टमार्टमका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ ।

हेडलाईन

प्रतिक्रिया दिनुहोस