आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्वेद’ उपन्यास लिएर आए शैलेन्द्र

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ४३४ पाठक संख्या

असोज , ५ : शैलेन्द्र अधिकारीद्वारा लिखित् उपन्यास ‘निर्वेद’ सार्वजनिक भएको छ ।शनिबार कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उप-प्राध्यापक सुदीप पोख्रेल र साहित्यकार रूपक अलङ्कार र लेखक स्वयंले संयुक्त रुपमा कृति सार्वजनिक गरेका हुन् ।

शिक्षण पेशामा आबद्ध अधिकारी यसअघि गजल लेखनसँगै समालोचना विधामा सक्रिय थिए ।निर्वेद पूर्वीय वेदान्त दर्शनमा आधारित भएर लेखिएको उपन्यास हो । नयाँ र पृथक विषयवस्तु भएकाे हुनाले पाठकहरुका लागि उपन्यास राेचक बनेकाे वक्ताहरुकाे भनाइ थियाे ।शिखा बुकसले बजारमा ल्याएको निर्वेदको बजार मूल्य रु ३५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस