आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनसंख्या ३० लाखभन्दा बढी, सार्वजनिक शौचालय ३८ वटा

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) २७८ पाठक संख्या

असोज , ५ : जनसंख्या ३० लाखभन्दा बढी, सार्वजनिक शौचालय ३८ वटा । एउटा शौचालय ७९ हजारले प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने, ‘काठमाडौंमा बसाईसराइ र जनसंख्या वृद्धि अनुपात हेर्दा यहाँको जनसंख्या ३० लाखभन्दा बढी पुगेको अनुमान छ ।’

केन्द्रीय तथ्यांक विभागले सन् १०२६ मा काठमाडौंमा जनसंख्या २५ लाख २२ हजार एक सय तीन रहेको विवरण सार्वजनिक गरेको थियो । विभागका निमित्त महानिर्देशक मोदिनलाल श्रेष्ठले भने, ‘हालको जनसंख्या धेरै हुनुपर्छ तर यकिन भन्न सकिन्न ।’

विश्व स्वास्थ्य संगठनका अनुसार आपत्कालीन अवस्थामा मात्र एउटा शौचालय ५० हजारले प्रयोग गर्न सक्छन् । जनसंख्या हेरेर प्रत्येक तीन सय मिटरमा एउटा शौचालय हुनुपर्ने प्रावधान छ । याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस