आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर भण्डारी विजयी

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ४०६ पाठक संख्या

असोज , ५ : टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतअन्तरले पराजित गर्दै ३ वर्षे कार्यकालका लागि भण्डारी अध्यक्षमा विजयी भएका हुन । भण्डारीले ५४१ मत प्राप्त गर्नु भएको छ भने खत्रीले ३२० मत प्राप्त गरेका छन् ।यस्तै उपाध्यक्ष बाणिज्य तर्फ ५२७ मत प्राप्त गरी चक्रपाणी सापकोटा विजयी भएका छन् । भने अर्का प्रत्यासी कृष्णप्रसाद उपाध्याय बजगाईले ३०४ मत पाए ।

उपाध्यक्ष उद्योग तर्फ ४६३ मत ल्याई जगतराज चौधरी विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी रामप्रसाद चौधरीले ३३७ मत पाए ।महासचिवमा तपेन्द्र स्वांर ४८२ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेमबहादुर रावलले ३३३ मत पाए । सचिवमा गणेश रेग्मी ४४५ मत ल्याई विजयी भएका छन भने उनका प्रत्यासी टोप प्रकाश विकले ३ सय ६८ मत पाए ।कोषाध्यक्षमा ५१० मत ल्याई कमल चौधरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मोहन प्रसाद जैशीले ३१४ मत पाउ ।

महिला सदस्यमा शिला सापकोटाले ४९९ मत ल्याई विजयी भएकी छिन् । भने उनका प्रतिद्धन्द्धी गौरी न्यौपानेले ३३० मत पाइन् ।जनजाती सदस्यमा जितबहादुर चौधरी (पन्छि) ४११ मत ल्याई विजयी भए भने प्रतिद्धन्द्धी किरण चौधरीले ४०२ मत पाए । दलित सदस्यमा अमित टमट्टा नेपाली ४६३ मत ल्याई विजयी भएका छन् भने प्रतिद्वन्द्वी माया बागदासले ३५७ मत पाइन् ।

खुल्ला सदस्यहरुमा नवराज रिमाल (५२१), तपेन्द्र कुंवर (५०७), मानबहादुर ठकुल्ला (४७३), रामबहादुर साउद (४४५), टेकबहादुर सोडारी (४४३), जिवन गौचन (४००), सन्तोष खड्का (३९७) र हिक्मत रावल ३८७ मत पाई विजयी हुनु भएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए ।नव निर्वाचित अध्यक्ष भण्डारीले प्रतिकृया दिदै मतदाताहरुलाई धन्यवाद दिए । उनले व्यपारीहरुको सुझावका आधारमा काम गर्ने बताए । शनिबार भएको २० औं साधारण चुनावी सभामा १ हजार २ मत मध्ये ९१६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस