आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करारमा रहेका कर्मचारीको आन्दोलनका कारण सेवाग्राही समस्यामा

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ४१३ पाठक संख्या

डेस्क

जीतपुर, मंसिर २ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुले गरेको आन्दोलनका कारण नगरपालिकामा सेवा लिन जाने सेवा ग्राहीहरु समस्यामा परेका छन् । नेपाल सरकारबाट गत मंसिर २३ गते जारी गरीएको कर्मचारी समायोजना अध्यादेशमा पेशागत स्थायीत्व र कर्मचारी समायोजनका लागि सबै सेवा बिच समान ब्यवहार नभएको भन्दै आन्दोलित करारका कर्मचारीहरुका कारण यस उपमहानगरपालिकाका सेवा ग्राहीहरु समस्यामा परेका हुन् ।

स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले श्रेणी बिहिन कर्मचारीहरुको ग्रेड थप गर्नुपर्ने, सहायक स्तरका सबै तहका ५ वर्ष भन्दा कम सेवा अवधि भएका कर्मचारीलाई २ ग्रेड थप र ५ वर्ष सेवा अवधि पुरा भएकालाई एक तह बृद्धि गर्नुपर्ने, ५ वर्ष पुरा भएका सहायक ५ औँ तहलाई छैँठो तहमा बढुवा गर्नुपर्ने माग सहित आन्दोलन सुरु गरेका हुन् ।

चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा आएका जीतपुरसिमराका क्रमचारीहरुले पहिलो दिन बिहान १० बजेदेखि १ बजेसम्म करिब ३ घण्टा विरोध स्वरुप आफ्नो कामकाज ठप्प पारेका थिए ।

प्रतिक्रिया दिनुहोस