आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस चितवनको भोलि भरतपुरमा शक्ति प्रदर्शन, नेता खाँडले सम्बोधन गर्ने

AuthorAP Khabar२०७६ आश्विन ६, सोमबार (४ साल अघि) ३१४ पाठक संख्या

असोज , ६ : नेपाली कांग्रेस चितवनले भोलि भरतपुरको चौबिसकोठीमा सरकार विरोधी वृहत् प्रदर्शन गर्ने भएको छ । पार्टीले प्रदर्शनमा जुट्न सबै कायकर्ता तथा शुभेच्छुकहरुलाई निर्देशन पनि दिएको छ ।राष्ट्रिय अखण्डतालाई बलियो बनाउन तथा भ्रष्टचार र कुशासनको विरुद्धमा जनतालाई सचेत तुल्याई विधिको शासन स्थापित गराउन प्रदर्शन गर्न लागिएको कांग्रेस चितवनले जनाएको हो ।

कांग्रेस चितवनले आज जारी गरेको विज्ञप्तिमा जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन भोलि मंगलबार भरतपुर चौबीसकोठीबाट प्रारम्भ हुनेगरी जिल्लास्तरीय विरोध¥याली र सभाको आयोजना गरिएको उल्लेख गरिएको छ । सो सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वरक्षा मन्त्री एवम् प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस चितवनले सर्वसत्तावादी चिन्तन रहेको नेपाल कम्युनिस्ट पार्टीको कुशासनको विरुद्ध, बढ्दो मंहगी नियन्त्रणका लागि दबाब सिर्जना गर्न कार्यक्रम गर्न लागेको विज्ञप्तिमा उल्लेख गरेको छ । त्यसैगरी कांग्रेसले वाइवडी,एनसेल करछली प्रकरणलगायतका भ्रष्टचार र अनियमितताको पर्दाफास गर्न पनि सरकारलाई दबाब दिनुपरेको जनाएको छ ।

नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस