आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशै तिहार लाइ मध्यनजर गर्दै कृष्णनगरका सशस्त्र, जनपद र ट्राफिक प्रहरीले निगरानी बढाउदै

AuthorAP Khabar२०७६ आश्विन ७, मंगलबार (४ साल अघि) ४९८ पाठक संख्या

अजय मिश्र

असोज , ७ : कपिलवस्तु को कृष्णनगर मताहत का क्षेत्रमा नजिकै रहेको दशै र तिहार लाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी, जनपद प्रहरी र ट्राफिक प्रहरीले आ-आफ्नो कार्यक्षेत्र मा रही निगरानी बढाएका छन्। शान्ति सुरक्षा कायम गर्न हरेक प्रयास गरिरहेका छन्। दशै तिहार लाई लक्षित गर्दै सशस्त्र प्रहरीले रात्रि मा गाड़ी र पैदल पेट्रोलिंग बढाएको छ। व्यक्ति लाई सहज हुनका लागी भाद्र २९ गते देखि नै मुख्य भंसार नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

लिंकगेट, यात्रुगेट, झण्डानगर र लक्ष्मीनगर लगायत क्षेत्रमा दैनिक चेकिंग मा सशस्त्र प्रहरी बलले कडाई गर्दै गाड़ी चेकिंग र सीमानाकामा हुनसक्ने सम्भावित घटना रोक्न विशेष टोली समेत सशस्त्र प्रहरी बलले खटाएको छ।साथै दुर्गा मुर्ति विसर्जन मा बजार क्षेत्रको सुरक्षाका लागी जिल्ला बाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको जानकारी सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए। त्यस्तै चाडपर्व लाइ मध्यनजर गर्दै नेपाल प्रहरी ले गाड़ी, बाइक र पैदल पेट्रोलिंग बढाएका ले जिल्ला बाट थप १० जना सुरक्षाकर्मी मगाएको र पछि आवश्यकता अनुसार अरु सुरक्षाकर्मी थप गरिने छ।

चार जना सदा पोशाक को प्रहरी परिचालन गरिएको र रात्रि पेट्रोलिंग समेत गर्दा चोरी को सम्भावना लाई समाप्त पार्ने उद्देश्य रहेको छ। सवारी दुर्घटना र झै झगड़ा कम रहेको अवस्था स्थानीय ले महसुस गरेका छन्। भन्सार राजस्व पहिलेको तुल्ना मा बढेको निरन्तर चेकजाच गर्ने स्थल हरुमा यात्रुबाहक, मालबाहक र निजी सवारी साधन मा कडाई का साथ चेकिंग गर्न ट्राफिक प्रहरी संग समान्वय गरिएको छ। संकास्पद व्यक्ति लाई सोधपुछ र निगरानी गर्दै पछिल्लो समय भन्दा अहिले लागुऔषध ओसारपसार मा संल्गन रहेका आठ ओटा मुद्दा दर्ता भएको छ।चाडपर्व लाइ मध्यनजर गर्दै लागुऔषध र मानवबेचविखन रोक्ने उद्देश्य का साथ विभिन्न विद्यालयहरु मा कार्यक्रम संचालन गरिएको छ।

आउने दिनमा नगरपालिका संग सहकार्य गरि दिनमा ३ घण्टा सम्म बजार लगायत अन्य क्षेत्रमा नागरिक जनचेतना कार्यक्रम संचालन गर्ने र शान्ति सुुुरक्षा कायम गर्न हरेेेक सम््भव उपाय अपनाउन आफूहरू सधै तयार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए।

साथै दशै तिहार मा सवारी दुर्घटना कम गर्न र यात्रु हरुलाई सहयोग पुर्याउने उद्देश्य का साथ कृष्णनगर नगरपालीका वडा नं १ बसपार्कमा यात्रु सहायता कक्षको स्थापना,दैनिक रुपमा सबारी साधन चेकजाच मा कडाई गरिएको, मादक पदार्थ सेवन गरि सबारी चलाउने हेल्मेट नलगाउने सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने मोटरसाईकलमा ३ जना बस्ने जस्ता कार्य नियन्त्रण गरिरहेको तथा स्कुलका विधार्थी र सवारी चालकहरुलाई समेत प्रशिक्षण दिईएको।ओभर स्पिड र लापरवाही साथ सवारी साधन चलाउनेलाई पनि कार्वाही गरिएको कुरा कृष्णनगर ट्राफिक प्रहरी का प्रहरी सहायक निरिक्षक निरज गौतम ले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस