‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा

देश समाचार

असोज , ७ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा नेकपाका नेताहरुले अधिकांश समय सी विचारधाराको प्रशसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अगाडि बढाउन चाहेको बताए ।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको माहौल बनाउने उद्देश्यले आयोजित २ दिने छलफलमा नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताए ।

‘शक्तिशाली हुँदै गएपछि मुलुकहरुमा शक्तिको दम्भ हुन्छ । तर चीन शक्तिशाली भएपनि थिचोमिचो नगर्ने, शान्ति, मित्रताका साथ अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने । यो समाचार कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।
रातोपाटि ;

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *