आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनका शरद र कास्कीकी रजनी साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनित

AuthorAP Khabar२०७६ आश्विन ७, मंगलबार (४ साल अघि) १९४ पाठक संख्या

असोज , ७ : रवीन्द्र मिश्रले नेतृत्वमा गरिरहेको साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीले केन्द्रीय सदस्यमा दुईजना नयाँ सदस्य थप गरेको छ।पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले चितवनका शरदराज पाठक र कास्कीकी रजनी केसीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।४० वर्षीय पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय छन्। उनी ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार समेत हुन्।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकका संस्थापक सम्पादक भएर काम गरेका थिए।त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमूख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए। साझा पार्टीमा पूर्णरुपमा संलग्न हुन हालै उनले बिभिन्न पेशागत जिम्मेवारीबाट राजिनामा दिएका छन्। पाठक कुशल वक्ता समेत हुन् । उनी प्रतिनिधि सभा निर्वाचनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संगै पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेदवार थिए।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले साझा पार्टीप्रति देशैभरी विविध पृष्ठभूमीका नेपालीहरूले गरिरहेको अपेक्षा र जनाइरहेको आवद्धताका कारण एकै पुस्तामा देशको रूपान्तरण संभव छ भन्ने हाम्रो आत्मविश्वास अझ दृढ बन्दै गएको बताए । उनले केन्द्रीय समितिमा दुई जनाको उपस्थितिले पार्टीलाई थप मजबुत बनाएको बताए ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस