आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवलपरासी दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

AuthorAP Khabar२०७६ आश्विन ७, मंगलबार (४ साल अघि) ४९१ पाठक संख्या

असोज , ७ : नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोमबार राति १०ः१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्ँिकदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो ।

नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार रातिनै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हँुदा एक जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन् । यस्तै आज बिहान ४ः४० को समयमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा सात जना घाइते भएका छन् ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस