आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीद्धारा नयाँ गोरेटो पुनरस्थापना केन्द्रमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ६९५ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस २ : ईलाका प्रहरी कार्यालय सिमराले नयाँ गोरेटो पुनरस्थापन केन्द्र सिमराको अनुगमन गरेको छ । पछिलो समय राजधानि लगाएका स्थानमा रहेको पुनरस्थापन केन्द्र मापदण्ड नपु¥याई संचालन गर्नुका साथै केन्द्र भित्र उपचारका लागि आएकाहरुसंग राम्रो ब्यवहार नगरेको भन्ने समाचार आएपछि ईलाका प्रहरी कार्यालय सिमरालेपनि आफ्नो क्षेत्रमा रहेको पुनरस्थापन केन्दहरुको अनुगमन शुरु गरेको हो ।
अनुगमनको क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा रहेको नयाँ गोरेटो पुनरस्थापना केन्द्र पुर्ण मापदण्ड अनुसार नै संचालनमा रहेको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।
उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्यस केन्द्रमा लागु औषध बिरुद्धको जनचेतना मुलक कायक्रमका साथै अन्तरकृया मार्फत केन्द्रलाई थप ब्यवस्थित रुपमा संचालन गर्न केहि सुझाव समेत दिनुभयो ।
ईलाका प्रहरी कार्यालय सिमराले यस जिल्ला लगाएतका अन्य सात जिल्लाबाट उपचारका गराईरहेका सेवाग्रहीहरुलाई ओभरहेड प्रोजेक्ट मार्फत लागुऔषध तथा त्यसबाट हुने अपराध सम्बन्धी कक्षा सञ्चालन गरेको हो । कार्यक्रममा सहजकर्ताको रूपमा प्रहरी नायाब निरीक्षक श्याम कुमार मोक्तानले प्रस्तुतीकरण गर्नुभएको थियो । भने सहयोगीको रुपमा प्रहरी सहायक निरीक्षक नवराज राईले भुमिका निर्वाह गर्नुभएको थियो ।
केन्द्रमा हाल १८ जनाले उपचार गराईरहेका छन् । जसमध्ये १० जना लागु औषधको नशामा रहेको र अन्य ११ जना बिभिन्न नशाको प्रयोग गर्नुका साथै मानसीक सन्तुलन गुमाएकाहरु रहेको केन्द्रका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभएको छ ।
संस्थामा आएर उपचारमा रहेकाहरुको हौसला बढाउनुका साथै लागु औषध बिरुद्धको अभियानमा ईलाका प्रहरी कायार्लय सिमराले सहकार्य गरेको भन्दै केन्द्रले ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक हमाललाई मायाको चिनोले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस