वन मासेर विमानस्थल बनाउने कार्य स्वीकार्य नहुने प्रदेश २ का वन मन्त्री रायको भनाइ

14

एपी संवादता : प्रदेश नम्बर २ सरकारका उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले वन मासेर निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।

मंगलबार जनकपुरमा आयोजित नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री रायले यस्तो बताउनुभएको हो । उहाले संघीय सरकारले प्रदेश सरकारसँग सहकार्य नगरी विमानस्थल बनाउन खोजे आफुहरुले अवरोध गर्ने बताउनुभयो ।

आफुले रुख नै काट्न नदिने भनेर कहिल्यै नभनेको तर अनावश्यक रुख काट्न नदिने पनि बताउनुभयो । यसअघि पनि निजगढ विमानस्थलमा रुख काटन नदिने अभिव्यक्ति दिएपछि मन्त्री राय विवादमा परेका थिए ।

मन्त्रीको भनाई सार्वजनिक भए लगत्तै निजगढ र कलैयाका स्थानीयले मन्त्री अभिव्यक्तिको विरोध गर्दै पुत्लासमेत दहन गरेका थिए । मन्त्री रायले प्रदेश २ को सागरनाथ वन परियोजनाको जग्गामा संघीय सरकारले पोखरी खन्न सुरु गरेकोमा पनि आक्रोस पोख्नुभएको छ ।

विवाद नसुल्झेको अवस्थामा संघीय सरकारले परियोजनाको ८० विघा जग्गामा पोखरी खन्ने कार्य सुरु गरेर गल्ती गरेको उहाको भनाई थियो । संघीय सरकारले उक्त परियोजनालाई निगममा परिणत गर्ने निर्णय गरेपछि प्रदेश सरकारले त्यसविरुद्ध सर्वोच्चमा हालेको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ।

Loading...