आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोरखामा नौ जनामा डेंगु संक्रमण

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ४७५ पाठक संख्या

असोज , ८ : गोरखामा नौ जनामा डेंगुको संक्रमण भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य परिक्षणको लागि गएका बिरामीहरु मध्ये नौ जनामा डेंगुको संक्रमण देखिएको हो ।संक्रमण हुनेमा ६ जना पुरुष र तीन महिला छन् । ‘आमा–बा हस्पिटलमा चार जनामा डेंगुको संक्रमण भेटिएको छ,’ कार्यालयका सूचना अधिकारी नवराज खड्काले भने, ‘एपोलो हस्पिटलमा तीन जना र आरुघाट हस्पिटल एण्ड डाइग्नोष्टिक सेन्टरमा दुई जनामा डेंगुको संक्रमण भएका बिरामी उपचारको लागि आएका छन् ।

’ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।जिल्ला अस्पताल गोरखामा स्वास्थ्य जाँच गराउन आएकामा भने डेंगुको संक्रमण फेला नपरेको अस्पतालले जनाएको छ । यस अघि डेंगु परीक्षण किटको अभावमा डेंगुको परिक्षण गर्न नसकेको अस्पतालले केही दिन अघिबाट परिक्षण सुरु गरेको हो ।

डेंगुको बिरामी भेटिन थालेपछि जिल्लामा स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ ।साथै डेंगुबाट सावधानी अपनाउन स्थानीयलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस