आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षा मन्त्रालयले गर्यो सबै सहसचिवको सरुवा

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) २६५ पाठक संख्या

असोज , ८ : शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा गरिएको छ । मन्त्रालयले विगत १ वर्षदेखि एउटै ठाउँमा काम गरिरहेका सहसचिवहरुको सरुवा गरिएको जनाएको छ ।सरुवा गरिएका सहसचिवहरुमा सहसचिव कमल पोखरेललाई शिक्षा मन्त्रालयको योजना महाशाखामा, दीपक शर्मालाई प्राविधिक शिक्षा महाशाखामा, बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा र डा. हरि लम्साललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, डा. तुलसी थपलियालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, केशव दाहाललाई इआरओमा, चूडामणि पौडेललाई सीएलपीआईयूमा र खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पदस्थापना गरिएको छ ।

सरुवाका क्रममा सरुवा भएको एक वर्षभन्दा बढी अवधि नपुगेकालाई नचलाइएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
जनता समाचार ;

प्रतिक्रिया दिनुहोस