अक्षयको ‘हाउसफुल–४’ : कन्फ्युजन र म्याडनेसको धमाका !

5

असोज , ८ : अक्षय कुमारको फिल्म ‘हाउसफुल–४’ को पहिलो पोस्टर आउट भएको छ । सार्वजनिक पोस्टर अनुसार फिल्ममा अक्षय कुमार दोहोरो भूमिकामा देखिदैछन् । अभिनेता अक्षयले आफ्नो ट्वीटर अकाउन्टमा पोस्टर रिलिज गरेका हुन् ।पोस्टरसँगै फिल्मको ट्रेलर कहिले रिलिज गर्ने भन्ने जानकारी पनि दिएका छन् । पोस्टर रिलिज गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्– ‘१४१९ को राजकुमार बाला र २०१९ को लण्डन ह्यारीसम्मलाई भेटाउनुहोस्, कन्फ्युजन र म्याडनेसको धमाका ।

फिल्म हाउसफुल–४ को ट्रेलर २७ सेप्टेम्बरका दिन रिलिज हुनेछ ।पोस्टरमा अक्षयलाई अलग–अलग गेटअपमा प्रस्तुत गरिएको छ । अक्षयलाई फ्लासब्याक सिनमा राजकुमार बालाको रुपमा प्रस्तुत गरिनेछ, भने करेन्ट टाइममा ह्यारीको रुपमा प्रस्तुत गरिनेछ, जो लण्डनबाट भर्खर भारत फर्केका हुन्छन् । सोसल मिडियामा पोस्टरलाई निकै रुचाइएको छ ।

यो फिल्ममा अक्षय कुमारको साथमा कृति सेनन, कीर्ति खरबंदा, बाबी देओल, राणा दग्गुबाती, पुजा हेग्डे, चंकी पाण्डे लगाएत मुख्य भूमिकामा छन् । फिल्मलाई फरहाद सामजीले निर्देशन गर्दैछन् । ‘हाउसफुल–४’ दीवालीको अवसरमा दर्शकमाझ रिलिजमा आउँदैछ ।

Loading...