आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आर्थिक अभावका कारण सल्यानको दृष्टिविहीन छात्राबास बन्द हुने अवस्थामा

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) २८२ पाठक संख्या

असोज , ८ : भूकम्पले चर्काएको सल्यानको शारदा नगरपालिकामा रहेको दृष्टिविहीन छात्राबास जिर्ण अवस्थामा छ । छात्राबासको भवन चिराचिरा परेको मात्र छैन, माटो समेत झर्ने गर्दछ । सल्यानको शिवजन माध्यामिक विद्यालय शितलपाटीले संचालन गरेको दृष्टिविहीनहरुका लागि बनेको छात्राबास बन्द हुन लाग्दा समेत कसैले चासो नदिएको विद्यार्थीहरु गुनासो गर्छन् ।

दृष्टिविहीन बालबालिकाहरुको अध्ययनका लागि सञ्चालन गरेको छात्राबास आर्थिक अभावकै कारण बन्द हुन लागेको हो । पूरानो भवन जिर्ण बन्दै गएको र नयाँ भवन निर्माण गर्न आर्थिक अभाव रहेकाले समस्या भइरहेको छात्राबास प्रशासनले बताएको छ । पूरानो भवनमा ३० जनासम्म बस्न मिल्ने भएपनि अहिले १९ जना मात्र बस्न पाएका छन् ।

आर्थिक अभाव भएका कारण छात्राबास बन्द गर्नुपर्ने अवस्था रहेको प्रशासनले बताएको छ । १५ बर्ष अगाडि १४ लाखमा निर्माण भएको भवन २०७२ सालको भूकम्पले चर्काएको थियो । भूकम्पले चिरा पारेपछि मर्मत सम्भार नहुँदा पूर्णरुपमा भवन जिर्ण छ । स्थानीय सरकारले प्रदेश सरकार र केन्द्र सरकारले चासो नदिएको आरोप लगाउँदै आएको छ l

प्रतिक्रिया दिनुहोस