आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो अन्तराष्ट्रिय विमान स्थल शिल्यान्यास गर्नु अघि नै टाँगियाबस्तीको व्यवस्थापन गर्न स्थानीयको माग

AuthorAP Khabar२०७६ आश्विन ८, बुधबार (४ साल अघि) ४१४ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज ८ M बारामा निर्माण हुने दोश्रो अन्तराष्ट्रिय विमानस्थलको शिल्यान्यास गर्नु अघि नै टाँगियाबस्तीको व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले बिमानस्थलको यसै आर्थिक बर्षको मंसिरमै शिलान्यास गर्ने घोषणा गरेसंगै टाँगियाबासि बस्ति ब्यवस्थापनको माग गरेका हुन् ।

टाँगियाबस्ती सरोकार समितिले बुधवार पत्रकार सम्मेलनको अयोाजना गर्दै दोश्रो अन्तराष्ट्रिय विमानस्थलको शिल्यान्यास गर्ने चर्चासँगै टाँगियाबस्तिको व्यवस्थापन नहुने हो कि भन्ने चिन्ताले टाँगियाबासिलार्ई यति बेला सताउन थालेको जनाएका छन् ।

विमानस्थल निर्माणको मुख्य भूभागमा रहेको टाँगियाबस्ती स्थानान्तरण हुने आश्वासन पाए पनि हाल सम्मको प्रगति हेर्दा शिल्यान्यास अघि यस वस्तिको व्यवस्थापन नहुने देखेपछि यहाँका स्थानियहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराउन पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

विमान स्थल निर्माणमा हामी बाधक नरहेको तर आफुहरुको बसोबास नै नरहने भएपछि के गर्ने भन्ने प्रश्न गर्दै दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनालाई बस्ती स्थानान्तरण गरेर मात्र शिल्यान्यास गर्न टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले आग्रह गर्नुभयो ।

उहाँले राजधानिमा बसेर टाँगियाबस्ती विमान स्थल निर्माणको बाधक भएको भन्ने हल्ला तर्कहिन रहेको बताउदै पुर्खाैदेखि बसोबास गर्दै आएको यस वस्तिका बासिन्दालाई उचित ब्यवस्थापन गरेर निर्माण कार्य अगाडी बढाउन आग्रह गर्नुभयो ।

यसैगरी प्रदेश नम्बर २ लाई नै आर्थिक रुपमा सम्पन्न बनाउने गौरवको योजनाको रुपमा रहेको यस अन्तराष्ट्रिय विमान स्थल शिलान्यास हुने भएपछि बारा बासिमा नै उत्साह थपिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष केदारप्रसाद बजगाईले जानकारी दिनुभयो । उहाँले बारामा कुनैपनि हालतमा दोसा्रे अन्तराष्ट्रिय विमान स्थल निर्माण हुनुपर्ने भएपनि पहिले टागिँयावस्तिको ब्यवस्गापन गर्न राज्यसंग माग गर्नुभयो । उहाँले राज्यले यहाँका स्थानियको आवाजलाई संबोधन नगरे आफु सधै टाँगियाबासिको पक्षमा उभिने जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले बिमानस्थलको यसै आर्थिक बर्षको मंसिरमै शिलान्यास गर्ने घोषणा गरेपछी बिमानस्थल क्षेत्रभित्र पर्ने एक हजार चार सय ७६ घरधुरीको उचित ब्यवस्थापनका बिषयमा टाँगियाबासी चिन्तित बनेका हुन ।

प्रतिक्रिया दिनुहोस