आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मूलाबारीबाट जन्मियो मूला साग

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ४७३ पाठक संख्या

असोज , ९ : टेलिशृंखला ‘मेरी बास्सै’को ‘मूला साग’ थेगोले मलाई चिनायो । त्यसमा म सुन्तलीको बाबु र धुर्मुसको ससुराको भूमिकामा छु । मूलाबारीमा ‘मेरी बास्सै’को सुटिङ थियो । त्यहीं मूलाको साग देखेपछि मेरो मुखबाट अकस्मात् निस्कियो– ‘मूला साग’ । त्यो थेगो दर्शकले रुचाएपछि मैले पनि त्यसलाई निरन्तरता दिएँ ।कलाकारिताको तीन दशकको यात्रामा थुप्रै फिल्ममा अभिनय गरेँ । गाईजात्रामा पनि हरेक वर्ष अभिनय गर्छु । तर, मलाई ‘मूला साग’ले नयाँ परिचय दियो । आफैँले जन्माएको यो थेगो आफैँलाई मन पर्छ । थेगो नै आफूलाई चिन्ने माध्यम बन्दा खुसी लाग्छ ।

साथीहरूबीच हँसीमजाकमा पनि यो थेगो प्रयोग हुन्छ । उनीहरूले पनि यही थेगो बोलिरहेका हुन्छन् । कसैलाई गाली गर्न भने यसको प्रयोग गर्दिनँ ।मूलाबारीमा ‘मेरी बास्सै’को सुटिङ थियो । त्यहीँ मूलाको साग देखेपछि मेरो मुखबाट अकस्मात् निस्कियो– ‘मूला साग’ । कलाकारिताको तीन दशकको यात्रामा थुप्रै फिल्ममा अभिनय गरेँ । तर, मलाई ‘मूला साग’ले नयाँ परिचय दियो ।एकपटक कामविशेषले काठमाडौंबाहिर गएको थिएँ । खाना खान एउटा होटेलमा बसिरहेको थिएँ ।

मास्क लगाएको भएर मलाई धेरैले चिनेका थिएनन् । एकजनाले अर्कोलाई ‘मूला साग’ थेगोबाट गाली गरिरहेका थिए ।मलाई भने आफूलाई चिनेर त्यो थेगो प्रयोग गरेजस्तो लाग्यो । तर, होटेल सञ्चालकलाई सोध्दा ती व्यक्तिले ‘मूला साग’ थेगो धेरै प्रयोग गर्दा रहेछन् । त्यस घटनापछि हँसाउन प्रयोग गरिएको थेगोले कुनै वेला नकारात्मक असर पनि पार्ने बोध भयो ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस