आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तरविद्यालय शिक्षक फुटबल भोलिदेखि

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ३८६ पाठक संख्या

असोज , ९ : एनप्याब्सन कागेश्वरी मनोहरा नगरपालिका कमिटीको आयोजनामा दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् । विजेताले खसी तथा उपविजेताले भाले पुरस्कार स्वरुप पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० हजार रुपैयाँ खर्च हुने आयोजक कमिटीका कोषाध्यक्ष प्रेमकुमार भुजेलले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु काँडाघारीस्थित अर्किड स्कुलमा हुने छ । भीमेश्वर एकेडेमी डिफेन्डि च्याम्पियन हो ।

प्रतिक्रिया दिनुहोस