आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ए.पी.एफ “प्रथम रामबन टाँडी गोल्ड कप २०७६” को फाईनलमा ।

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ३५४ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज ९ : बारा ११ लाई पराजीत गर्दै ए.पि.एफ सशस्त्र क्लब बर्दिवास “प्रथम रामबन टाँडी गोल्ड कप २०७६” को फाईनलमा प्रवेस गरेको छ । बिहिवार रामबन मैदानमा भएको खेलमा ए.पि.एफले सडेन डेथमा जीत निकाल्दै फाईनलमा स्थान सुरक्षीत गरेको हो ।

खेलको अन्तिम सम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा गएको थियो तर ट्राईब्रेकरमा पनि खेल बराबरी भएपछि ए.पि.एफले सडेन डेथमा बारा ११ लाई १–० ले पराजीत गरेको हो ।

ए.पि.एफ.का लागि जर्सी नम्बर ९ का नविन चौधरीले गरेको गोल नै निर्णयक बनेको हो । ट्राईब्रेकरमा दुबै टिमको बराबरी भएपछि सडेन डेथमा गएको खेलमा बाराका श्याम चौधरीको किकलाई गोलकिपरले रोकपछि ए.पि.एफ.का चौधरीको गोलनै निर्णयक बनेको हो । प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गरेका ए.पी.एफ.का रितिक खड्का म्यान अफ दि म्याच घोषित भएका छन् ।

यस संगै “प्रथम रामबन टाँडी गोल्ड कप २०७६” का फाईनलमा यूनिटी क्लब विरगंज र ए.पी.एफ क्लब बर्दिवास भिड्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस