अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ : मन्त्री याद

23

एपी खबर
जीतपुर, अशोज १० : प्रदेश २ का पर्यटन मन्त्री रामनरेश राय यादवले बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्दा आफूलाई कुनै आपत्ती नहुने बताउनुभएको छ । सिमरा विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री यादवले बाहिर चर्चामा आएजस्तो आफू विमानस्थलको विरोधी नभएको बताउनुभएको हो ।

विमान स्थल बनाउने नाममा रुखको ब्यापार हुन नहुने भन्ने आफ्नो भनाई सञ्चार माध्यममा आउदा त्रुटीपूर्ण भएको मन्त्री यादवको भनाई छ । उहाँले प्रदेश २ मा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु शोभनिय रहेको भन्दै कम रुख कटान गरेर विमानस्थल बनाउदा आफुलाई कुनै आपत्ती नहुने बताउनुभयो ।

राष्ट्रिय वन क्षेत्राधिकार प्रदेश सरकारको मातहतमा आएपनि संघीय सरकारले समन्वय नगर्नु दुःखद् पक्ष रहेको भन्दै मन्त्री यादवले संघीय सरकारको विरोध आफूले नगरेको तर प्रदेश सरकारसंग. समान्वय गर्नुपर्छ भन्ने अडान आफूले लिएको बताउनुभयो ।

उहाँले विमानस्थल बनाउन संघीय सरकार र प्रदेश सरकारबीच समन्वय जरुरी रहेको बताउदैँ मन्त्री यादवले संघ र प्रदेशबीचको समन्वयमा विमानस्थल बनाउन जरुरी रहेको बताउनुभएको छ ।

४० औँ विश्व पर्यटन दिवसको अवसरमा पहिलो विमानबाट आउने यात्रुलाई स्वागत गर्न सिमरा विमान स्थल आउनुभएका यादवले केहि समय मै प्रदेश २ भित्रका सबै पर्यटकिय स्थलहरुको पहिचान भैसकने गरी प्रदेश सरकारले काम अगाडी बढाएको समेत जानकारी दिनुभयो ।

यता पर्यटन दिवसको अवसरमा सिमरा विमान स्थलमा आउने विमान खराब मौषमका कारण फर्कियपछि यात्रुलाई स्गात गर्ने कार्यक्रम रोकिएको थियो ।

Loading...