आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुलुकलाई संघियता चाहिदैन ः नेता केसी

AuthorAP Khabar२०७६ आश्विन १०, शुक्रबार (४ साल अघि) २९६ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताउनुभएको छ । बाराको सिमरामा शुक्रवार संघीयताको विरोध गर्न आयोजित सभामा बोल्दै नेता केसीले संघ, प्रदेश र स्थानिय तहको निर्वाचनपछि मुलुकमा भ्रष्टाचार बढ्दै गएको बताउनुभएको हो ।

निर्वाचित जनप्रनितिधि चुनावमा भएको खर्च उठाउन लागिरहेको भन्दै नेता केसीले विकास निर्माण र जनताको काम हुन नसकेको बताउनुभयो । तीन तहको सरकार, प्रशासन र न्यायलयमा भ्रष्ट्राचार बढिरहेको आरोप लगाउदै नेता केसीले यो दलदलबाट मुलुकलाई बाहिर निकाल्न खबरदारी गर्न जरुरी रहेको जानकारी दिनुभयो ।

नेता केसीले मुलुकमा राष्ट्रियता माथीको हस्तक्षेप बढीरहेको भन्दै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । मुलुकलाई टुक्राएर सुशासन कहिल्यै कायम हुन नसक्ने भन्दै नेता केसीले राष्ट्रियता जोगाउन पनि संघीयतालाई खारेज गर्नुपर्ने आफ्नो पार्टिको माग रहेको बताउनुभएको छ ।

देश ठेकेदार र जमिन्दारको हातमा रहेको आरोप लगाउदै नेता केसीले हिमाल, पहाड र तराईलाई छुट्याएर लादिएको संघीयता राज्यले अब धान्न नसक्ने उहाको भनाई छ ।

संघीयताविरुद्ध जनमोर्चाले देशभर यसको विरोध गरिरहेको भन्दै नेता केसीले सडकबाटै यसको विरोधमा उत्रन कार्यकर्तालाई आवहन गरेका छन् । संघीयता खारेज नगरिए मुलुकमा बिदेशी हस्तक्षेप बढ्दै जाने नेता केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस