आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक मोबाइल चोर र लागू अौषधसहित दुईजना पक्राउ

AuthorAP Khabar२०७६ आश्विन ११, शनिबार (४ साल अघि) ५३८ पाठक संख्या

अमित ठाकुर

असोज , ११ : जिल्ला प्रहरी कार्यालय रौतहटले एक मोबाइल चोरका साथ दुई लागू अौषध कारोबार पक्राउ गरका छन्। रौहतट जिल्लाको गौर नगरपालिका वडा नं. ३ स्थित जिल्ला अस्पतालमा कार्यरत रहेका रौशन कुमार पासवान घरकोठा भित्र पसी कोही ब्यक्ति नरहेको समयमा I phone apple को मोबाइल चोरी भएको थियो। पासवान अाफ्नो मोबाइल खोज्दा मोबाइल नै गायब भएको थियो। पासवानको मोबाइल नपाएपछि पासवानले प्रहरी रिपोर्ट गरेको थियो।प्रहरी रिपोर्ट हुन साथ प्रहरी निरीक्षक पप्पु नायक खोज्ने कार्य सुरु गर्यो। प्रहरीको अनुसन्धान पछि गएराति लगभग १२ बजेको समयमा गौर नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को वकिल फकिर पासवानको मोबाइल सहित पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

समाजमा अरुको घरमा पसि चोरी गर्ने गराउने दुवै कानुनी अपराध हो यस्ता बिकृतीलाई तुरुन्तै समाधान गर्नु पर्छ भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेका छन्। समाजमा यस्ता क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याई कार्वाही गर्ने चेतावनी दिएका छन्। भने पक्राउ परेको मोबाइल सम्बन्धित ब्यक्तिलाई प्रहरीले बुझाएका छन्।भने पक्राउ परेको मोबाइल चोर फकिर माथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक नायकले जनाएका छन्।त्यसतै गएराति विशेष बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले रौतहट जिल्लाको राजपुर न.पा. वडा नं. ५ स्थित तेलीटोलमा खटिएको प्रहरी टोलीले Covert Operation को माध्यमबाट प्रहरी टोलीले शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा लागू अौषध साहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन्।

भारतबाट नेपालको रौतहट जिल्ला हुँदै गौरतर्फ पैदल हिडी आउँदै गरेको जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.६ बस्ने १८ बर्षीय को संघर्ष आले मगर र २१ बर्षीयको दिपेन्द्र माझीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागु औषध नुरफिन- १४ पिस , लेगोरेन्ट -१७ पिस र परोमेन्था जाइन १४ पिस सहित पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। लागू अौषध सहित पक्राउ परेको मगर माझीलाई म्याद थपी अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक नायकले जनाएको छ। यो सबै क्रियाकलाप समाज बिपरित हो यस्ता गर्ने ब्यक्ति वा संखा लागेमा तुरुन्तै प्रहरीलाई खबर गरि प्रहरीलाई सहयोग गर्न समाजका अगुवाहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस