आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आवाजभन्दा द्रूत गतिको ‘अन्तरिक्ष विमान’को प्रतिक्षाः चार घण्टामै लण्डनदेखि सिड्नी

AuthorAP Khabar२०७६ आश्विन ११, शनिबार (४ साल अघि) ३९० पाठक संख्या

असोज , ११ : लण्डनमा विकास भइरहेको आवाजभन्दा द्रूत गतिको ‘रकेट इन्जिन’ले उडान भर्न थालेपछि सन् २०३० को दशकमा लण्डनदेखि सिड्नीको हवाई यात्रा ८० प्रतिशतले कम हुनेछ ।युके अन्तरिक्ष सम्मेलन २०१९ मा युकेको अन्तरिक्ष संस्थाले ‘विश्वकै पहिलो अन्तरिक्ष पुल’ (वल्र्ड–फस्ट स्पेस ब्रिज) सम्झौतामा अस्ट्रेलियन अन्तरिक्ष संस्थासँग अझै नजिक रहेर काम गरिरहेको घोषणा गरेको छ । द सिनर्जेटिक एयर–ब्रेथिङ रकेट इन्जिन (एसएबिआरई)ले अक्सफोर्डशीर–बेस्ड रियाक्सन इन्जिनबाट यो नयाँ व्यवसायमा सजाउन लागेको हो ।‘हामीले एसएबिआरई रकेट इन्जिन कार्यान्वयनमा ल्याउनेछौं, त्यसले सम्भवत चारघण्टाभन्दा कममा अस्ट्रेलिया पुग्नेछौं,’ युके स्पेस एजेन्सीका प्रमुख ग्राम टर्नकले भने, ‘यो प्रविधिले अवश्य पनि त्यस्तो सेवा दिनेछ ।

हामीले सन् २०३० को दशकमा सेवामा ल्याउने विषयमा विचारविमर्श गरिरहेका छौं र कामहरुमा धेरै प्रगति भइरहेको छ ।’सन् २००३ देखि ‘कोन्कोर्ड’ले उडान रोकिपछि आवाजभन्दा द्रूत गतिको उडान रुचाउनेहरु आवाजको अवरोधलाई लिएर खिन्नता प्रकट गर्दै आएका थिए । रियाक्सन इन्जिनले सन् २०१९ मा आवाजको गतिभन्दा तीन गुणा गति बढाउने ‘प्रिकुलर’को सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेको थियो ।त्यसको गति कोन्कोडको गतिभन्दा ५० प्रतिशत बढी हुनेछ । जसले न्यूयोर्क र पेरिसबीचको दुरी करिब ३।५ घण्टाको हुनेछ र जुन सबैभन्दा छिटो उड्ने जेट विमान लकहिड एसआर–७१ ब्याकबर्डले कहिलेपनि त्यस्तो किर्ती बनाउन सकेको थिएन ।‘प्रिकुलर’ परीक्षण सुविधा संयुक्तराज्य अमेरिकाको कोलोराडो एयर र स्पेस पोर्टमा रहेको छ ।

यस्तो गतिको इन्जिनमार्फत प्रवाह हुने हावा अविश्वसनीय तापक्रमसम्म जान सक्छ, जसले सम्भवताः क्षति पु¥याउन सक्छ । ग्यासहरु मुख्य इन्जिनमा पुग्नुभन्दा पहिले नै ‘प्रिकुलर’ले तापक्रमलाई कम गर्नेछ ।रियाक्सन इन्जिनले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय गरिएको परीक्षणले त्यो भाग (प्रिकुलर)ले १ देखि २० सेकेन्डमा १००० सेन्टिग्रेड सम्म ग्यासलाई चिसो बनाउन सक्छ ।‘रियाक्सन इनर्जीको प्रिकुलर प्रविधिले प्राप्त गरेको अद्वितीय तापक्रम स्थानान्तर गर्ने क्षमता ठूलो अर्थपूर्ण उपलब्धी हो,’ रियाक्सन इन्जिनका प्रमुख कार्यकारी अधिकृत मार्क थोमसले भने । उच्च गतिको उडानमा ‘हाइब्रिड’ विद्युतीय उड्डयानसम्बन्धी प्रविधिको प्रयोगमा उनले जोड दिए ।

‘एसएबिआरईको मुख्य विशेषता रकेट इन्जिनको हाइब्रिड हो र यो एउटा उड्डयानसँग सम्बन्धित ‘यइरो’ इन्जिन हो, यसले रकेटलाई हावामा ‘स्वास लिन’ अनुमति दिन्छ ।’ युकेको सम्मेलनमा रियाक्सन इन्जिनका कार्यक्रम निर्देशक शाउन ड्रिस्कोलले भने,‘विगत ७० वर्षदेखि अहिलेसम्म रकेटमा कुनै प्रगति भएको छैन, जसले गर्दा यइरो इन्जिन प्रभावकारी भएको हो । यदी यइरो इन्जिन र रकेट इन्जिलाई मिलाउन सकियो र प्रभावकारी प्रणालीमा हलुवा रकेट भयो भने अन्तरिक्ष जहाज सिर्जना गर्न सकिन्छ ।’

यस कार्यमा विशेष चासो रहेका कारण विगत चार वर्षमा रियाक्सन इन्जिनले औद्योगिक क्षेत्रका महत्वपूर्ण लगानीकर्ताहरु बिएइ प्रणाली, रोल्स–रोयस र बोइङ होराइजनएक्ससहित कम्पनीको १० करोड देखि १३ करोड अमेरिकी डलरसम्म लगानी प्राप्त गरेको छ । कम्पनीले युकेको बकिङहामश्रेमा निर्माणको परीक्षणलाई अन्तिमरुप दिएको छ । जुन एसएबिआरई इन्जिन परीक्षणको पहिलो मुख्य धरातल हुनेछ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस